१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:o६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काभ्रेका दुई पालिकाद्वारा भूकम्प प्रभावित जिल्लालाई आर्थिक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o६:oo

काभ्रेको रोशी गाउँपालिका र बनेपा नगरपालिकाले भूकम्प प्रभावित जिल्लालाई आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। रोशी गाउँपालिकाले ६ लाख ७४ हजार चार सय ३६ रुपैयाँ तथा बनेपा नगरपालिकाले विपत् व्यवस्थापन कोषबाट पाँच लाख एवं जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा र तलबबाट रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार बिहीबार कार्यपालिकाको १८औँ बैठकले भूकम्प प्रभावित जिल्लाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित जिल्लाहरूका लागि सहयोगस्वरूप गाउँपालिकाको विपत् व्यवस्थापन कोषबाट एक लाख, गाउँपालिकाका जनप्रतिनिधिहरूको १५ दिनको सेवा–सुविधाबराबरको तीन लाख ६७ हजार दुई सय ५०, अधिकृतस्तरका कर्मचारीहरुको दुई दिनको तलब  र सहायकस्तरका कर्मचारीहरूको एक दिनको तलबबराबरको रकम दुई लाख सात हजार एक सय ८६ गरी कुल रकम ६ लाख ७४ हजार चार सय ३६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने  निर्णय भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए।

भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामनासहित आर्थिक सहयोग गरेको लामाले बताए। रोशी गाउँपालिकाको कार्यपालिकाले भूकम्प प्रभावित जिल्लालाई सहयोग गर्ने निर्णय भएबमोजिम कोषमा शुक्रबार रकम जम्मा गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिए।

त्यस्तै, बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यका अनुसार बिहीबार कार्यपालिकाको बैठकले विपत् व्यवस्थापन कोषबाट पाँच लाख तथा जनप्रतिनिधिहरू र प्रमुख प्रशासकीय अधिकृतको पाँच दिनको सेवासुविधा, अधिकृतहरूको दुई दिनको र अन्य कर्मचारीहरूको एक दिनको तलब कटाएर प्रधानमन्त्री दैवी प्रकोप कोषमा आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको छ।