१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघले भूकम्पबाट अभिभावकविहीन बालबालिकाको शिक्षाको पहल गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१o:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्प प्रभावित क्षेत्रका दुई विद्यालयको पुननिर्माण गर्ने घोषणा गरेको छ। भूकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकोटमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन्।

भूकम्पमा परी निधन भएकी नलगाढ नगरपालिकाकी उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुनर्निर्माण गर्ने शेर्पाले बताए। तिहारपछि भेरी नगरपालिका- ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय र नलगाड नगरपालिका ५ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण गर्ने नेविसंघले प्रतिबद्धता व्यक्त गरेको हो।

साथै, नेविसंघले अभिभावकविहीन बालबालिकाहरूको पहिचान गरी उचित शिक्षाको पहल गर्ने र विद्यार्थीमा परेको मनोवैज्ञानिक असर हटाउन अभियान थाल्ने प्रतिबद्धता जनाएको छ। रुकुम पश्चिम र जाजरकोट गरी ३९८ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा ५० हजारभन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको तथ्यांक रहेको छ।

नेविसंघ केन्द्रीय सदस्य नारायण पाण्डेका अनुसार प्रभावित क्षेत्रमा नेविसंघले १६ लाखको राहत सामग्री उपलब्ध गराएको छ। साथै, सरकारको कोषमा ७ लाख रकम जम्मा गर्ने घोषणा       गरेको छ।