१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

छाडा चौपायाको सहारा बन्दै काठमाडौं महानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o५:oo

१२६ रोपनीमा काञ्जी हाउस तयार

काठमाडौं महानगरपालिका छाडा चौपायाको सहारा बन्ने भएको छ । सडक, नदी–किनारा, पार्क, खुला चौर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा भेटिएका चौपायालाई महानगरले बिहीबारदेखि संकलन गरेर दक्षिणकाली नगरपालिका–७, कोपुगाउँमा रहेको काञ्जी हाउस (छाडा गाईबस्तु थुन्ने टहरा)मा राख्ने भएको छ ।

काञ्जी हाउस (गाई–बाच्छा राख्ने पूर्वाधार)को मंगलबार अवलोकन निरीक्षणका लागि गएका कृषि तथा पशुपक्षी विभाग प्रमुख डा. अवधेश झाले छाडा चौपायालाई बचाउन काञ्जी हाउसको व्यवस्था गरिएको बताए । ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् । तिर्खा लागेका वेला पानी पाउँदैनन् । बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उनीहरूलाई यी जोखिमबाट बचाउन अब काञ्जी हाउसमा लैजान्छौँ,’ महानगरपालिकाअन्तर्गत कृषि तथा पशुपक्षी विभागका प्रमुख झाले भने ।

डा. अवधेश झा, प्रमुख, कृषि तथा पशुपक्षी विभाग, काठमाडौं महानगर 
काञ्जी हाउस (गाई–बाच्छा राख्ने पूर्वाधार)को मंगलबार अवलोकन निरीक्षण गरिएको छ । छाडा चौपायालाई बचाउन काञ्जी हाउसको व्यवस्था गरिएको हो । 

महानगरका अनुसार काञ्जी हाउसमा राखिने चौपायालाई खुवाउन १० मेट्रिकटन साइलेज खरिद गर्ने काम भइसकेको छ । हेरचाह गर्नका लागि दुईजना स्थानीयलाई दैनिक ज्यालादारीमा राखिएको छ । महानगरले दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधाको समेत व्यवस्था गरेको छ । यस ठाउँमा काञ्जी हाउस सञ्चालन गर्न ३ फागुन ०७८ मा महानगर र नगरपालिकाबीच सम्झौता भएको थियो । सम्झौताअघि यस ठाउँमा मिलीजुली पशुपालन समूहले पशुपालन गर्दै आएको थियो । प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरासहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली, पानीलगायतका सुविधा व्यवस्था गरेर थालिएको पशुपालन कोभिडलगायत समस्याबाट नियमित हुन सकेन । यही ठाउँको पूर्वाधार निर्माणमा लागेको खर्च फिर्ता गरेर स्थान सञ्चालन गर्ने सर्तसहित सम्झौता भएको हो । 

बुधबारबाट छाडा चौपाया नियन्त्रण गरिने
महानगरले आजबाट सडकमा छाडिएका गाई–बाच्छा संकलन गरी टेकु ल्याएर राख्नेछ । टेकुमा संकलन गरिएका चौपायालाई बिहीबार काञ्जी हाउस पु¥याइनेछ । संकलित गाई–बाच्छालाई सुविधाजनक ढुवानी व्यवस्था गरेर काञ्जी हाउस लगिनेछ । काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका काम हुनेछ । महानगरले थप पूर्वाधार निर्माण तथा मर्मत–सम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम गर्नेछ । पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधि, उपकरणको प्रबन्ध महानगरले गर्नेछ । छाडा पशु चौपाया व्यवस्थापनका लागि महानगरले यस ठाउँमा एक सय २६ रोपनी जमिन लिएको हो । यसअघि छाडा चौपाया व्यवस्थापन गर्न महानगरपालिकाले विभिन्न प्रयास गर्दै आएको थियो ।

चौपाया व्यवस्थापनस्वरूप चौपाया लिलामीसमेत गर्ने गरेको थियो । सडकमा भएका चौपाया जम्मा गरेर आर्थिक वर्ष ०५७/५८ एक वर्षमा एक सय ६० गाई–बाच्छा लिलामी गरिएको थियो । यस्तै, आर्थिक वर्ष ०७०/७१ मा तीन सय ८८ वटा चौपाया लिलामी गरेको थियो भने लिलामी गर्न पुग्ने संख्या बनाउन त्यसवेला टेकु ट्रान्सफर स्टेसननजिक काञ्जी हाउस सञ्चालन गरिएको थियो । लिलाम गरिएका चौपाया कहाँ लगिन्छन् ? उनीहरू सुरक्षित रहन्छन् त ? भन्नेजस्ता प्रश्न आएपछि महानगरपालिकाले लिलाम रोकेको थियो । 

ad
ad