१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २२ बुधबार
  • Sunday, 11 May, 2025
२o८o कार्तिक २२ बुधबार o८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा राति १० बजेपछि देउसी-भैलो खेल्न नपाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २२ बुधबार o८:४९:oo

नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसी-भैलोलगायतका कार्यक्रम लमजुङमा राति १० बजेपछि खेल्न नपाइने भएको छ। शान्तिसुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले राति १० बजेपछि देउसी-भैलोलगायतका मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको हो । प्रशासनले बिहान ७ बजेदेखि राति १० बजेसम्म देउसी–भैलो खेल्न अनुरोध गरेको छ ।

प्रशासनले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति १० बजेसम्म मात्रै देउसी-भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले एक सूचना जारी गरी दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फोटक पदार्थको बिक्री–वितरण र प्रयोग नगर्न आग्रहसमेत गरेको छ। विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री-वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।