१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
सोमबार ५.८ रेक्टरको परकम्पपछि घरबाहिर निस्केका खलंगावासी । तस्बिर : विष्णु शर्मा/नयाँ पत्रिका
यम बम काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जाजरकोट भूकम्पपछि तारन्तार परकम्प, चार दिनमा साढे चार सय धक्का

Read Time : > 1 मिनेट
यम बम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:१२:oo

जाजरकोट भूकम्पको चार दिनमा चार सय ४५ परकम्प गएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि साना र ठूला परकम्प निरन्तर गइरहेका हुन्। जसमध्ये चार म्याग्निच्युडभन्दा ठूला १० वटा परकम्प छन्, मंगलबार बाजुरा केन्द्रविन्दु भएर गएको ४ म्याग्निच्युडबाहेक सबैको केन्द्रविन्दु जाजरकोट हो।

भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरतप्रसाद कोइरालाका अनुसार मंगलबार साँझ चार बजेसम्म चार सय ४५ गएका छन्। त्यसपछि पनि ४ म्याग्निच्युडभन्दा साना परकम्प निरन्तर गइरहेको केन्द्रले जनाएको छ। जाजरकोट भूकम्पको सबैभन्दा ठूलो परकम्प भने सोमबार साँझ ४ बजेर २१ मिनेटमा रामीडाँडा केन्द्रविन्दु भएर गएको हो, जसको शक्ति ५.८ म्याग्निच्युड   रहेको छ।

‘भूकम्पले चिरा पारेको क्षेत्रमा गएको भूकम्पलाई परकम्प भन्छौँ। निरन्तर परकम्प जाँदा जोखिम घटाउँछ भन्ने हुन्छ,’ कोइरालाले भने, ‘तर, गोरखादेखि देहरादुनसम्म आठ म्याग्निच्युडसम्मको भूकम्प जाने शक्ति सञ्चित भएर बसेकाले अब ठूलो भूकम्प जाँदैन वा जान्छ नै भनेर भन्न सकिँदैन।’

परकम्प कहिलेसम्म जान्छ भनेर भूगर्भविद्हरूले ठम्याउन सकेका छैनन्। १२ वैशाख ०७२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.८ म्याग्निच्युडको परकम्प अहिले पनि गइरहेको छ। गत ५ कात्तिकमा धादिङ केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पलाई भूकम्प मापन केन्द्रले परकम्प भनेको छ।

‘जाजरकोट भूकम्पको परकम्प पनि लामो समयसम्म जान सक्छ, कहिलेसम्म जान्छ निश्चित हुँदैन। जति ठूलो भूकम्प गयो, त्यति लामो समयसम्म परकम्प जाने हुन्छ,’ उनले भने, ‘जाजरकोट, पश्चिम रुकुम क्षेत्रमा परकम्प गइरहने हुन्छ।’

जाजरकोट भूकम्पका ठूला १० परकम्प
२१ कात्तिक : एउटा (४ म्याग्निच्युड) 
२० कात्तिक : दुईवटा (४.५ र ५.८ म्याग्निच्युड)
१९ कात्तिक : दुईवटा (४ र ४.१ म्याग्निच्युड)
१८ कात्तिक :  पाँचवटा (४.२, ४.२ ४.३, ४.५ र ४.६ म्याग्निच्युड)
१७ कात्तिक : ६.४ म्याग्निच्युड (भूकम्प)

ad
ad