१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकीका कांग्रेस सांसदले आधा महिनाको तलबबराबरको रकम सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावितहरूको सहयोगका लागि गण्डकी प्रदेश सभाका नेपाली कांग्रेसका सांसदहरूले आधा महिनाको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्।

पार्टी संसदीय दलको मंगलबार बसेको पदाधिकारी बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूको १५ दिनबराबरको तलब पार्टीले स्थापना गरेको केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको प्रमुख सचेतक नन्दुप्रसाद न्यौपानेले जानकारी दिए। ६० सदस्य प्रदेश सभामा कांग्रेसका २७ जना सदस्यहरू रहेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट निर्वाचित प्रदेश सभा सदस्यहरूले एक हप्ताको पारिश्रमिकबराबरको रकम सहयोग गर्ने घोषणा गरिसकेका छन्। एमाले प्रदेश सभा संसदीय दलको आइतबार बसेको आकस्मिक बैठकले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापना तथा उपचारको लागि सो सहयोग गर्ने निर्णय गरेको दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिए।

गण्डकी प्रदेश सभामा उपसभामुखसहित एमालेका २२ जना सदस्य छन्। उपसभामुखबाहेक २१ जनाको एक हप्ताको पारिश्रमिकबराबरको रकम सरकारले स्थापना गरेको राहत कोषमा जम्मा गर्ने निर्णय बैठकले गरेको नेपालीले बताए।