१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अराजकता र अस्थिरताका प्रवृत्ति देखा परे : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा विस्तृत शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरूबीच छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरूको निष्ठा अविछिन्न रहेको प्रतिबद्धता व्यक्त गर्दै त्यसको विरुद्ध हुने अराजकताको डटेर सामना गर्ने बताए। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने पार्टीहरूबीचको समीक्षा बैठक मात्र भएको स्पष्टीकरण दिए।

‘परिवर्तनका बाहकहरू एक ठाउँमा बसेर सामान्य समीक्षा गर्ने कुरा आफैँमा एउटा परिणाम भएको ठान्दै यो छलफल महत्त्वपूर्ण भएको मैले मानेको छु,’ उनले भने।

उनले छलफलमा सबै दलहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको कुरा सबल रूपमा उठेको उल्लेख गर्दै यसको रक्षाका लागि मैदानमै उत्रिनेसम्मको भावनाले ऐतिहासिक प्रक्रियामा दूरगामी अर्थ राख्ने बताए।

प्रधानमन्त्रीले आफूले धेरै ठूलो संकट परेर बैठक बोलाएको नभई अराजकता र अस्थिरताका प्रवृत्तिहरू देखा परेकाले बोलाएको उल्लेख गर्दै परिवर्तनका बाहक शक्तिहरूले आफ्नै समीक्षा गर्नुपर्ने बताए। यस्ता छलफलले नै त्यसप्रकारका प्रवृत्तिको प्रतिवाद हुने र परिवर्तनलाई कार्यान्वयन र परिमार्जनमा सहयोग पुग्ने उनको धारणा थियो।

प्रधानमन्त्री प्रचण्डले बैठकको औचित्य, आवश्यकता र संघीय लोकतान्त्रिक गणतन्त्रबारे सहभागी सबै दलहरू एकैठाउँमा छौँ भन्ने प्रस्ट देखिएको जिकिर गरे।