१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २१ मंगलबार १४:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिम्मेवार सरकारको अनुभूति हुने गरी काम गर्न राष्ट्रपतिको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार १४:o७:oo

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुने गरी भूकम्प प्रभावितहरूलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्।  

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मंगलबार जाजरकोट पुगेका राष्ट्रपति पौडेलले जाजरकोटमा जनप्रतिनिधि, सर्वसाधारण र भूकम्प प्रभावितहरूसँगको छलफलमा अहिले नै सबै कुरामा ध्यान दिनुपर्ने बताए।  

उनले बसोवासका लागि स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोवासको अस्थायी प्रबन्ध तथा दीर्घकालीन रूपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले अहिलेको कठिन अवस्थामा भूकम्प प्रभावितलाई ठग्ने र झुक्याउनेजस्ता गलत काम हुन सक्ने उल्लेख गर्दै त्यसबाट सचेत र सतर्क रहन पनि आग्रह गरे। ‘तपाईंहरूको समस्या समाधानका लागि म सँगै छु, चिन्ता नगर्नुस्,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे जानकारी गराएका थिए। त्यस्तै, घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए।