Skip This
हतियार देखाएर लाखाैँको गरगहना लुटपाट, परिवारका सदस्यलाई बन्धक बनाएर कुटपिट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २० सोमबार १३:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हतियार देखाएर लाखाैँको गरगहना लुटपाट, परिवारका सदस्यलाई बन्धक बनाएर कुटपिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार १३:o७:oo

महोत्तरीमा सोमबार मध्यरात हतियार देखाएर लाखौँको लुटपाट भएको छ। पाँचजनाको संख्यामा आएका अपरिचित व्यक्तिहरूले जलेश्वर नगरपालिका– ८ सानो रतवारास्थित भुवनेश्वर चौधरीको घरमा लुटपाट गरेको हो। 

राति करिब १ः३० बजेतिर ती व्यक्ति घरको पछाडिबाट भित्र प्रवेश गरी परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिँदै कुटपिट गरेको पीडित परिवारले जनाएको छ। 

चौधरीको घरबाट ४० तोला सुन र दुई किलो चाँदीका गहनासहित नगद एक लाख लुटपाट भएको छ। चौधरीका छोरा जयकिशोर चौधरीले  बुबा, आमा, श्रीमती र आफू गरी चारजनालाई डाँकाले कुटपिटसमेत गरेको बताए। उनका अनुसार सबैलाई एउटा कोठामा बन्द गरेर डाँकाहरूले करिब एक घन्टासम्म लुटपाट गरेका थिए। 

डाँकाहरूको कुटपिटबाट भुवनेश्वर चौधरीको टाउकोमा चारवटा टाँका लगाइएको छ। यस्तै उनकी श्रीमती र जयकिशोरको टाउकोमा पनि चारवटा टाँका लगाइएको छ। कुटपिटबाट घाइते भएका सबै प्रादेशिक अस्पताल जलेश्वरमा उपचारपछि घर फर्केका छन्।

यता घटनाबारे जानकारी हुनासाथ प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले जानकारी दिए। महोत्तरी गाउँपालिका– ३ डाम्हीमा समेत गत साता यही प्रकृतिको लुटपाट भएको थियो।