१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १८:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोबरग्यासको ट्यांकीमा पसेर चुरोट सल्काउँदा हेटौँडामा एकजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o८:oo

मकवानपुरको हेटौँडामा गोबरग्यासको ट्यांकीमा पसेर चुरोट सल्काउन खोज्दा आगलागी भएर एकजना घाइते भएका छन्। 

घाइते हुनेमा हेटौँडा– ६ हात्तीलेटका २६ वर्षीय समित राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार आइतबार छिमेकीको गोबरग्यासको ट्यांकी सफा गर्न पसेका राईले ट्यांकीभित्रै बसेर चुरोट सल्काउँदा अचानक शरीरमा आगो लागेको हो।

आगलागीबाट राईको शरीरका विभिन्न भाग जलेको प्रवक्ता भण्डारीले जानकारी दिए।

घाइते राईलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल रेफर गरिएको उनले बताए।