१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१२:oo

यही कात्तिक २१ गतेदेखि बागलुङको बांगेचौर खेलमैदानमा गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुँदै छ। कात्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक बागलुङ जिल्ला क्रिकेट संघले जनाएको छ।

प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)द्वारा मान्यताप्राप्त गण्डकी प्रदेशका ६ वटा जिल्ला क्रिकेट संघ सहभागी हुने बागलुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए। प्रतियोगितामा बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्ला क्रिकेट संघ सहभागी हुनेछन्।

कात्तिक २१ गते समूह ‘ए’मा रहेका बागलुङ र पर्वतबीच बिहान ९ बजेदेखि खेल सुरु हुनेछ। त्यस्तै समूह ‘बी’मा रहेका तनहुँ र स्याङ्जाबीच दिनको १२ः४५ बजेदेखि खेल सुरु हुनेछ।

२२ गते समूह ‘ए’मा रहेका कास्की र पर्वतबीच बिहान ९ बजे तथा समूह ‘बी’मा रहेका तनहुँ र नवलपुरबीच दिनको १२ः४५ बजे खेल हुने सचिव फणीन्द्रबहादुर खड्काले बताए।

२३ गते समूह ‘ए’मा रहेका बागलुङ र कास्कीबीच बिहान ९ बजे तथा समूह ‘बी’मा रहेका स्याङ्जा र नवलपुरबीच दिनको १२ः४५ बजे प्रतियोगिता हुनेछ।

यसैगरी, २४ गते बिहान ९ बजेदेखि समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेताबीचको प्रतिस्पर्धा हुनेछ। सोही दिन १२ः४५ देखि समूह ‘ए’को उपविजेता र समूह ‘बी’को विजेताबीच प्रतिस्पर्धा हुनेछ। २५ गते बिहान १० बजेदेखि फाइनल खेल हुनेछ।

प्रतियोगितको विजयी हुने संघले एक लाख एक हजार एक सय ११ रुपैयाँ पाउनेछ भने उपविजेता हुनेले ५० हजार पाँच सय ५५ रुपैयाँ पाउनेछ। म्यान अफ दी सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यानले पाँच हजार, बेस्ट बलरले पाँच हजार र म्यान अफ दी म्याचले एक हजार रुपैयाँ पाउनेछन्। खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइनेछ।