
जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहका अनुसार घाइतेहरूको अवस्था हेरर ‘रेड जोन’ र ‘एल्लो जोन’मा राखेर उपचार भइरहेको छ।
अस्पतालमा उपचारका लागि ल्याइएका २८ मध्ये एकजनाको मृत्यु भएको छ।
घाइतेहरूलाई आवश्यक पर्ने रगतका लागि नेपाल रेडक्रस सोसाइटीको पहलमा एमालेनिकट अनेरास्ववियुले रक्तदानको आयोजना गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको प्राविधिक टोली अस्पतालमा खटिएका छन्।
तस्बिरहरू :