१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेदरल्यान्ड्सविरुद्ध अफगानिस्तान सात विकेटले विजयी, सेमिफाइनल पुग्ने सम्भावना कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:२३:oo

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले चौथो जित निकालेको छ।

आज शुक्रबार लखनउमा भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई सात विकेटले पराजित गर्दै तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। यो जितसँगै अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ। 

नेदरल्यान्ड्सले दिएको एक सय ८० रनको लक्ष्य अफगानिस्तानले ३१ ओभर ३ बलमा तीन विकेटको क्षतिमा पूरा गर्‍याे।

अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले नटआउट ५६ रन बनाए। यस्तै रहमत शाहले ५२ रनको योगदान दिए। बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भाव बिक, रोल्फ भान डेर मेरवे र सकिब जुल्फिकरले समान एक–एक विकेट लिए।

यसअघि लखनउमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा एक सय ७९ रन 
मात्र बनाउन सक्यो। 

नेदरल्यान्ड्सका साइब्रान्ड एन्गेलब्रेक्टले सर्वाधिक ५८ रन बनाए। यस्तै म्याक्स ओडाउडले ४२ र कोलिन एकरमानले २९ रन जोडे। बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले तीन र नूर अहमदले दुई विकेट लिए।