१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o कार्तिक १७ शुक्रबार o८:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेको पाँचखालमा आगलागी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार o८:४६:oo

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ समाजकल्याणचोकमा आगलागी भएको छ । आगलागीबाट कपडा पसल, होटल र मोबाइल पसलमा क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायवउपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज करिब ६:१५ बजेको समयमा पाचँखाल–४ समाजकल्याण चोकस्थित उद्धव प्रसाद तिमल्सिनाको घरको सटरमा अचानक विद्युत  सर्ट भइ  आगलागी भएको हो ।

आगलागीबाट तिमल्सिनाको घरमा रहेको नौ सटरमध्ये चारवटा कपडा पसल पूर्ण रुपमा जली नष्ठ भएको प्रहरी नायवउपरीक्षक श्रेष्ठले जानकारी दिए । सो आगलागीबाट ३ वटा होटल, एक मोबाइल पसल र एक मासु पसलमा आंशिक क्षति भएको प्रहरीले जानकारी दिए । मानवीय क्षती भने  नभएको  प्रहरीको भनाइ छ । 

नेपाल प्रहरी, एपिएफ स्थानीय र दमकलको सहयोगमा आगोलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । क्षतीको विवरण  एकिन भइनसकेको जानकारी प्रहरीले जानकारी दिए ।