१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिनीको कालोबजारी गरेको थाहा पाए खबर गरौँ : नेपाल प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१३:oo

नेपाल प्रहरीले चिनीको कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए त्यसको सूचना दिन आग्रह गरेको छ।

प्रहरीले एक सूचना जारी गर्दै बजारमा कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो आएकाले आफ्ना सम्पूर्ण इकाइहरूलाई सक्रिय परिचालन गरिएको जनाएको छ।

‘अझै पनि बजारमा कहीँ कतै कसैले चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा यथाशीघ्र सूचना गराई कानुन कार्यान्वयन गर्न गराउन सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ,’ सूचनामा भनिएको छ।