
संघीय संसद्को चालू बर्खे अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।
बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। २४ वैशाखदेखि सुरु भएको बर्खे अधिवेशनमा बजेटबाहेक एउटा मात्रै कानुन बनेको छ।