१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमानाकामा हुने तस्करी नियन्त्रणका लागि ड्रोनबाट निगरानी गरौँ : सभापति राणा

कृषि अनुसन्धानमा छुट्टै लगानी गर्न सरकारसँग माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५७:oo

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले कृषि अनुसन्धानमा सरकारले छुट्टै लगानी गर्नुपर्ने बताएकी छिन्। अनुसन्धानमा लगानी नहुँदा कृषि क्षेत्रमा प्रगति हुन नसक्ने उनको भनाइ थियो।

समितिको मंगलबार बसेको बैठकमा धारणा राख्दै सभापति राणाले भनिन्, ‘कृषिमा रिसर्च नभईकन हामीले प्रगति गर्न सक्दैनौँ। रिसर्चका लागि पनि अलग्गै पैसा छुट्याउनुपर्छ। ल्याबहरू, प्रविधिहरू, सीमामा अत्याधुनिक परीक्षणको व्यवस्था हुनुपर्छ।’ 

नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि ड्रोनबाट निगरानी गर्न उनले प्रस्ताव गरिन्। ‘बोर्डरमा डिजिटल निगरानीको कुरा आयो। ड्रोन प्रयोग गर्न सकिँदैन? नेपाल र भारतबीच बराबरी एउटा सम्झौता गरेर ड्रोन उडायो भने त कतिजनाले तस्करी गरेको छ, देखिहाल्छ नि। अहिले पो स्थानीय संरचनाले देख्न सक्दैन। केही न केही सेक्युरिटी प्रोसेस होला। दुइटै देशले माने त ड्रोनबाट निगरानी गर्न सकिन्छ,’ उनले भनिन्।

सभापति राणाले किसानहरूको उत्पादनको भुक्तानी सुरुमै गर्न सरकारको ध्यानाकर्षण गराइन्। दूध, उखुलगायत किसानको भुक्तानीको समस्या देखिएको भन्दै उनले दोहोरिन नहुने बताइन्।

सभापति राणाले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिन कृषि मन्त्रालयको ध्यानाकर्षण गराइन्।