१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लहानबाट ब्राउनसुगरसहित युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

सिराहाको लहान नगरपालिका– १२ भोटियाटोल चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लागुऔषध ओसारपोसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लहान र महेशबारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार साँझ दुई ग्राम ४५ मिलिग्राम ब्राउनसुगरसहित लहान– १३ घर भएका ३३ वर्षीय देवकान्त चौधरीलाई पक्राउ गरेको हो।

स.९प ८२७४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका चौधरीलाई रोकेर चेकजाँच र शरीर खानतलासी गर्ने क्रममा प्लास्टिकमा बेरेर लुकाएर राखेको ब्राउनसुगर र तौल गर्ने सानो डिजिटल तराजुसमेत बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

उनका अनुसार चौधरीलाई तत्काल मोटरसाइकलसहित नियन्त्रणमा लिई लहान प्रहरीमा ल्याएर थप अनुसन्धान भइरहेको छ।