१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १३ सोमबार
  • Friday, 09 May, 2025
रासस दाङ
२o८o कार्तिक १३ सोमबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पतालबाट फरार अभियुक्त पुन: पक्राउ

Read Time : < 1 मिनेट
रासस, दाङ
नयाँ पत्रिका
२o८o कार्तिक १३ सोमबार १५:३१:oo

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका– १७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका– १४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

आज बिहान करिब ११ बजेतिर शौचालयको झ्यालबाट भागेपछि लगत्तै प्रहरीले चौतर्फी घेरा हालेर प्रतिष्ठाननजिकै रहेको निमा हलपछाडिबाट उनलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए।

नेपालीले आफू अस्वस्थ रहेको बताएपछि प्रहरीले जचाउन लगेको थियो। त्यस क्रममा शौचालय जाने बहाना बनाएर भाग्न खोजेका नेपालीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।

मोबाइल चोरी गरेको अभियोगमा तीन दिनअघि पक्राउ परेका नेपाली यसअघि पनि पटकपटक चोरी गरेको अभियोगमा परेका थिए।