Skip This
भारत रेल दुर्घटना : ज्यान गुमाउनेकाे संख्या १३ पुग्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १३ सोमबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक १३ सोमबार ११:५७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारत रेल दुर्घटना : ज्यान गुमाउनेकाे संख्या १३ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १३ सोमबार ११:५७:oo

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको संख्या १३ पुगेको छ। विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भने, ‘अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सातजनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ।’ यसअघि इस्टकोस्ट रेल्वेका सिपिआरओ विश्वजित साहुले ट्र्याक पुनर्स्थापनाको काममा ध्यान दिइएको बताए।  

‘उद्धार कार्य अहिले सकिएको छ, हामीले फसेका यात्रुहरूका लागि बस र रेलको व्यवस्था गरेका छौँ, १८ वटा रेल रद्द गरिएको छ र २२ वटा रेल मार्ग परिवर्तन गरिएको छ, आज साँझ ४ बजेसम्म ट्र्याक खाली गर्ने प्रयास गरिरहेका छौँ,’ उनले भने। 

उनले सामान्य घाइतेलाई नजिकैको अलामान्दा अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिए। ‘सामान्य घाइते भएकाको अलामान्दा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ, गम्भीर घाइतेलाई विजयनगरम र विशाखापट्टनम अस्पतालामा लगिएको छ, हामीले फसेका यात्रुहरूका लागि रेल र बसको व्यवस्था गरेका छौँ, केही रेललाई रद्द र डाइभर्ट गरेका छौँ, हामीले सहायता डेस्क स्थापना गरेर यात्रुहरूलाई एसएमएसमार्फत सूचित गरिरहेका छौँ,’ उनले भने। 

‘हाम्रो दुई एआरटी (एक्सिडेन्ट रिलिफ ट्रेन) टिमले त्यहाँ काम गरिरहेका छन् र सम्बलपुर मुख्यालय डिभिजनका सबै कर्मचारी पनि त्यहाँ काम गरिरहेका छन्, साँझ ४ बजेसम्म ट्र्याक सफा गर्ने प्रयास गरिरहेका छन्,’ उनले भने।  

आइतबार साँझ आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापट्टनम–रगडा यात्रुवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापट्टनम–रगडा रेलसँग ठोक्किएपछि केही डिब्बा लिकबाट खसेको अधिकारीहरूले बताएका छन्। डिभिजनल रेल्वे व्यवस्थापकले दुर्घटनामा तीनवटा डिब्बा संलग्न रहेको बताए।