१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १२ आइतबार
  • Friday, 09 May, 2025
रासस काठमाडौं
२o८o कार्तिक १२ आइतबार १६:५८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आयात बढ्दा निर्यात घट्यो, तीन महिनामा तीन खर्ब ६६ अर्बको व्यापार घाटा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १२ आइतबार १६:५८:oo

चालू आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले रु चार खर्ब सात अर्ब ७५ करोड ८९ लाखबराबरको माल वस्तुको आयात गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा रु चार खर्ब ९९ करोडबराबरको वस्तु आयात भएको थियो। गत आवको तेस्रो महिनाको तुलनामा चालू आवको तेस्रो महिनासम्म कुल आयात १.६९ प्रतिशतले बढेको छ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने २.२६ प्रतिशतले ओरालो लागेको छ।

विभागका अनुसार सो अवधिमा नेपालबाट रु ४० अर्ब ८७ करोड ४८ लाखबराबरको माल वस्तु निर्यात भएको छ। गत वर्षको तीन महिनाको अवधिमा रु ४१ अर्ब ८२ करोडबराबरको निर्यात भएको थियो।

सो अवधिमा नेपालले रु चार खर्ब ४८ अर्ब ६३ करोडबराबरको वैदेशिक व्यापार गरेको छ। गत वर्षको यही अवधिमा रु चार खर्ब ४२ अर्ब ८१ करोडबराबरको वैदेशिक व्यापार भएको थियो।

विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा रु तीन खर्ब ६६ अर्ब ८८ करोडबराबर रहेको छ। गत वर्षको सोही अवधिमा रु तीन खर्ब ५९ अर्ब १७ करोडबराबरको व्यापार घाटा भएको थियो।