१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रासस काठमाडौं
२०८० कार्तिक ३ शुक्रबार १५:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. सापकोटा नियुक्त

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०८० कार्तिक ३ शुक्रबार १५:५९:००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. रुपक सापकोटा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को  बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो।

डा. सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन्। यसअघि डा. सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

डा. सापकोटा विश्वराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीति, विदेशनीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार छन्। उनले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि हासिल गरेका थिए।

हालै प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा डा. सापकोटालाई परराष्ट्रविद्का रूपमा सामेल गराइएको थियो।