छोराछोरी विदेश भएका आमाबुबाको मर्म समेटेर नबिल बैंक लिमिटेडले सन्देशमूलक दसैँ भिडियो सार्वजनिक गरेको छ ।
भिडियोमार्फत छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको बैंकले जनाएको छ ।
उच्च शिक्षापश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुबाको आशालाई भिडियोमार्फत दर्साउन खोजिएको छ । साथै, भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्किँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुबाआमाको भावना पनि देखाउन खोजेको छ । नबिल बैंकले युवालाई केन्द्रित गर्दै विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ ।
शैक्षिक कर्जा, युवा उद्यमी कर्जालगायतका कार्यक्रमका साथमा बैंकले नबिल सामाजिक उद्यमशीलताअन्तर्गत नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।