१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o कार्तिक २ बिहीबार १७:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाबाट सडकमा आश्रित सातजनाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार १७:१२:oo

मानवसेवा आश्रमको टोलीले सिराहाको धनगढीमाई र लहानबाट सातजना सडकमा आश्रित असहाय व्यक्तिहरूको उद्धार गरेको छ।

राष्ट्रिय उद्धार यात्रा– २०८० को क्रममा मेची–महाकाली यात्रामा रहेको ‘मानवसेवा आश्रम’को टोलीले लहान र धनगढीमाई बजारमा मानवीय उद्धारको कार्य गरेको हो। लहानबाट ६ जना र धनगढीमाई बजारबाट एक असहायलाई उद्धार गरिएको टोलीमा सहभागी केन्द्रका विवेक महतोले जानकारी दिए।

‘यस वर्षको चाडपर्वमा, कसैले बस्नु नपरोस् सडकमा’ नारासहित सहयोगापेक्षी, बेसहारा, अशक्त, असहाय, अनाथ, अविभावकविहीन र सडकआश्रित मानवहरूको उद्धार गरिएको छ। उद्धार गरिएकालाई मानवसेवा केन्द्रको हेटौँडास्थित आश्रममा राखेर स्याहार गरिने महतोले बताए।

उद्धार अभियानमा सहभागी टोलीलाई सिराहाको लहान र धनगढीमाई नगरपालिकामा स्वागत गरिएको थियो। धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो नेतृत्वको टोलीले अभियानमा सहभागी उद्धारकर्ताहरूलाई गम्छा ओढाएर सम्मान गरेका छन्।