१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच रेमिट्यान्स सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

 रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्वलगायत १५५ देशमा सञ्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवद्र्धित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिट्यान्स सेवा प्रवद्र्धन गर्ने समझदारी भएको छ । 

सम्झौताअनुसार युएईको केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त बोटिम अल्ट्रा एपमार्फत आइएमईको डिजिटल वालेट आइएमई पेमा सोझै रकम पठाउन सकिने गरी डिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्न दुवै पक्षले सहकार्य गर्ने जनाइएको छ । यस रणनीतिक सहकार्यमार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रवद्र्धन गर्दै कारोबारको डिजिटल रूपान्तरणमा ठूलो सहयोग पुग्नुको साथै आइएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न सहयोग पुग्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए । 

अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिसेलले आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन महत्वपूर्ण कदम रहेको उल्लेख गरे । यो रणनीतिक साझेदारी, युएई र त्यसभन्दा बाहिरसमेत आर्थिक समावेशिता प्रवद्र्धन गर्न केन्द्रित रहेको उनको भनाइ थियो ।