१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘बाह्रमासे फूलहरू’ आउँदै’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२८:oo

यती डिस्टिलरी प्रालिले विख्यात पौभा कलाकार लोक चित्रकारसँग सहकार्य गर्ने भएको छ । कम्पनीले नेपालमा बाह्रै महिना फुल्ने फूललाई जनाउने कलाकृति ‘बाह्रमासे फूलहरू’ प्रस्तुत गर्ने भएको हो । लोक चित्रकारले उक्त कलाकृति ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड ह्विस्कीका लागि रचना गरेको कम्पनीले जनाएको छ ।

कमला श्रेष्ठको कविता ‘कतिको दुःख दिन्छौ कृष्ण’बाट प्रेरित उक्त कलाकृतिमा श्रेष्ठको कवितामा नाम उल्लेख भएका २० वटा फूल समेटिएको जनाइएको छ । कवितामा उल्लेख भएका फूलहरू लालीगुराँस, गोदावरी, गुलाफ, चम्पा, चमेलीलगायत फूलहरू ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्कीको बोटलमा प्रिन्ट गरिएको कम्पनीले उल्लेख गरेको छ । 

परम्परागत पौभा कला विधाको गुरुका रूपमा विश्वभर मान्यता पाएका लोक चित्रकारका चित्रकला शास्त्रीय ग्रन्थ, परम्परा र ऐतिहासिक वास्तुकलाबाट व्यापक रूपमा प्रभावित रहेको कम्पनीको भनाइ छ । विश्वभर आफ्ना कलाकृतिको प्रदर्शनी गरेका चित्रकारले सन् २०१३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित गरेको जनाइएको छ । 

यती डिस्टिलरीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले लोक चित्रकारको प्रतिष्ठा आफैँ बोल्ने र उनीसँगको साझेदारी कम्पनी र ब्रान्डका लागि विशेष क्षण भएको बताए । उनले भने, ‘यो सहकार्यका लागि उहाँले रचना गर्नुभएको कला साँच्चिकै अद्वितीय छ, यसमा हामी कसरी गर्व नगरी बस्न सक्छौँ ।’ चित्रकारले ओल्ड दरबारका लागि रचना गरेको कलाकृतिले नेपालमा बाह्रै महिना फुल्ने विभिन्न फूलहरूको प्रतिनिधित्व गर्ने र ती फूलहरूले मानिसलाई बदलामा केही नमागीकन निःसर्त माया दिने बताए । 

यो सहकार्यबाट हुने आम्दानीले नेवा लोककलाभित्र रहेको अभ्यास र ज्ञानको रचना गर्ने, एक–आपसमा आदान–प्रदान गर्ने र पुनरुत्थान गर्ने एक वर्ष लामो कार्यक्रमलाई सहयोग गर्ने जनाइएको छ ।