१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका स्तब्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१५:oo

 एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अर्को स्तब्ध नतिजा निस्किएको छ । प्रतियोगितामा मंगलबार नेदरल्यान्ड्सले उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको छ । वर्षाका कारण खेल ४३ ओभरमा गराइएको थियो । पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले आठ विकेट गुमाएर दुई सय ४५ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले ४२.५ ओभरमा सबै विकेट गुमाएर दुई सय सात रन जोडेको थियो । सानदार जितसँगै नेदरल्यान्ड्सले तीन खेलमा दुई अंक जोडेको छ । नेदरल्यान्ड्स तालिकाको नवौँ स्थानमा उक्लेको छ । 

पूर्वविजेता श्रीलंकाले तीन खेल गुमाएको छ । अंकविहीन श्रीलंका दशौँ स्थानमा छ । दक्षिण अफ्रिकाले तीन खेलमा चार अंक बटुलेको छ । चालू विश्वकपमा दक्षिण अफ्रिकाको यो पहिलो हार हो । यसअघि दक्षिण अफ्रिकाले लगातार दुई खेल जितेको थियो । नेदरल्यान्ड्सको पहिलो ब्याटिङमा मध्यक्रम र पुछारका ब्याट्सम्यानले उत्कृष्ट योगदान दिएका थिए । दक्षिण अफ्रिकाले ३२ अतिरिक्त रन दिएको थियो । कप्तान स्कोट एडवाड्सले ६९ बलमा १० चौका र एक छक्काको सहयोगमा ७८ रन बनाए । 

राएलोफ भानले १९ बलमा तीन चौका र एक छक्काको सहयोगमा २९ रन जोडे । आर्यान दत्तले नौ बलमा तीन छक्का प्रहार गर्दै २३ रन जोडे । प्रत्युत्तरमा ओर्लेको दक्षिण अफ्रिकाले सुरुवाती चार विकेट ४४ रनमा गुमाएको थियो । यससँगै नेदरल्यान्ड्सले दक्षिण अफ्रिकामाथि दबाब राखेको थियो । डेभिड मिलरले सर्वाधिक ४३ रनको योगदान दिए । 
उनले ५२ बलमा चार चौका र एक छक्का प्रहार गरे । टेम्बा बाभुमा र क्विन्टन डी ककले पहिलो विकेटका लागि ३६ रन जोडे । डी ककले २२ बलमा २० रन बनाए । बाभुमाले १६ रन र हेरिच क्लासेनले २८ रन बनाए । 

ad
ad