१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अर्थतन्त्रका सबै सूचक सकारात्मक, शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:१o:oo

चालू आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ)मा अर्थतन्त्रका सबैजसो मुख्य सूचक सकारात्मक देखिएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार यी दुई महिनामा चालू खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा  छ। अघिल्लो वर्ष यही समयमा चालू खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा थियो।

यस्तै, प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब रुपैयाँले धनात्मक छ। अघिल्लो वर्षको दुई महिनामा प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

यस्तै, शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको साउन र भदौमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो।

यस्तै, गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई महिनामा ३.९ प्रतिशतले बढेर भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब एक करोड डलर पुगेको छ।

ad
ad