१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
दीपक रिमाल
२o८१ बैशाख २३ आइतबार o९:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सबडिभिजन वन कार्यालय तीन महिनादेखि प्रमुखविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:३६:oo

डिभिजन वन कार्यालय रामेछापअन्तर्गतको सबडिभिजन कार्यालय ठोसे तीन महिनादेखि अधिकृतविहीन भएको छ । कार्यालय प्रमुख सहायक वन अधिकृत दीपक रिमाल तीन महिनादेखि कार्यालय गएका छैनन् । गत ६ साउनमा कार्यालयबाट हिँडेका रिमाल अझै कार्यालय नफर्किएपछि सेवाग्राही मर्कामा परेका छन् । 

अधिकृत रिमालले कार्यालयको हाजिर कपीमा भने भदौ महिनासम्मको हाजिरी गरेको भेटिएको सबडिभिजन कार्यालय ठोसेका एक कर्मचारीले जानकारी दिए । कार्यालयका अन्य कर्मचारी पनि आ–आफ्नो कामले बाहिर हिँडेपछि कार्यालयमा ताला लगाउनुपरेको उनले जानकारी दिए । कर्मचारी नहुँदा खाली हात फर्कन बाध्य हुनुपरेको गोकुलगंगा गाउँपालिका– २ ठोसेका मणिराज कार्कीले बताए । उनले भने, ‘तीन महिनादेखि कार्यालय बन्द छ । नागरिकले सेवा पाउनुको सट्टा उल्टो दुःख खेप्न बाध्य हुनुपरेको छ ।’

अधिकृत रिमालले गत आर्थिक वर्षमा गोकुलगंगा गाउँपालिका– २ ठोसेको जलकाली सामुदायिक वनमा वृक्षरोपणका लागि डिभिजन वन कार्यालयमार्फत गएको पैसा वृक्षरोपण नै नगरी हिनामिना गरेको आरोप पनि स्थानीयले लगाएका छन् । अर्का स्थानीय मणिराज कार्कीले आर्थिक अनियमिततालगायत विभिन्न विवादमा परेपछि स्थानीय उपभोक्ताले मोसो दल्ने तयारी गरेको थाहा पाएर रिमालले कार्यालय छाडेको र अहिलेसम्म नफर्किएको बताए ।

सहायक वन अधिकृत रिमाल कार्यालयमा नबस्दा समस्या भएको डिभिजन वन कार्यालय रामेछापका डिभिजन वन अधिकृत ओमसागर भण्डारीले बताए । उनले भने, ‘साउन महिनादेखि उनी कार्यालयमा फर्किएका छैनन् । कार्यालयमा नबस्दा उत्तरी क्षेत्रका नागरिकले दुःख पाएको सत्य हो । के–कति कारणले कार्यालयमा नबसेको हो सो विषयमा तत्काल जानकारी गराउनु भनी स्पष्टीकरण माग गरेकोमा प्रतिउत्तरसमेत नदिएकाले थप पत्राचार गर्ने तयारी भइरहेको उनले बताए ।

उपभोक्तासँग रकम माग गरेर दुःख दिने गरेको, कार्यालयमा बस्दै नबसी हाजिरी गर्ने गरेको लगायत विषयमा सहायक वन अधिकृत रिमालसँग जानकारी लिन पटक–पटक टेलिफोन गर्दा उनीसँग सम्पर्क हुन सकेन । 

ad
ad