१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कोशीले झन् बढायो शेखर–गगनको दूरी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:१९:oo

कोशी घटनाले कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच दूरी झन् बढाएको छ । केही समयअघिदेखि नै उनीहरूबीच संवादहीनताको अवस्था थियो । कोशीमा सरकार गठनको ‘मुभ’ गर्दा पनि कोइरालाले महामन्त्री थापासँग छलफलसमेत गरेनन् । यसबाट थापा थप चिढिएका छन् । उनीहरूको सम्बन्धमा दरारको सुरुवात गत २० वैशाखमा इतर समूहबाट सरकारमा मन्त्रीको नाम पठाउने विषयबाट सुरु भएको थियो । यो समूहले तीन मन्त्री दाबी गरेको थियो ।

त्यसमा सभापति शेरबहादुर देउवा पनि तयार भए । तर, कोइरालाले अन्तिम समयमा थापालाई जानकारी नदिई देउवालाई नाम बुझाएर सिंगापुर लागे । देउवाले धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई मात्र मन्त्री बनाएपछि दुई नेताको सम्बन्ध चिसियो । कोइरालालाई देउवासँग मिलेको आरोप पनि लाग्न थाल्यो । 

गत २ साउनमा बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने विषयमा समेत कोइरालाले आफ्नो समूहको भेला बोलाएनन् । तीन तहको निर्वाचनपछि बसेको बैठक महत्वपूर्ण थियो । उल्टै, बैठकमा कोइरालाले महामन्त्रीको आलोचना गरे । १० साउनसम्म बसेकोे बैठकमा इतरको भूमिका कमजोर बनाएको र महामन्त्री थापाको प्रतिरक्षा नगरेको आरोप कोइरालामाथि लाग्यो । १८ साउनमा कोइरालाले सभापतिसँग नजिकिएको र महामन्त्री थापासँग टाढिएको विषयमा सत्यता नरहेको स्पष्टीकरण दिएका थिए । 

१७ भदौमा थापाको उपस्थितिमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलसहित बोलाएर इतर समूहको भेला गरे, जसमा कोइरालालाई बोलाइएको थिएन । यसले कोइरालालाई सशंकित बनाएको थियो । पछिल्लो समय भने उनी महाधिवेशनकेन्द्रित भएर समूह मिलाउन सक्रिय देखिएका थिए । गत २ असोजमा विश्वप्रकाश र प्रदीपसमेतलाई बोलाएर बालुवाटारमा भेला गरेका थिए । त्यसमा महामन्त्री थापा पनि सहभागी थिए । त्यसयता कोइराला र थापा एउटै मञ्चमा देखिएका छैनन् ।

कोशीमा नयाँ सरकार गठनबारे छलफल गर्न २३ असोजमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । बैठकमा महामन्त्री थापाले सरकार गठनबारे चासो राखेका थिए । एक पदाधिकारीका अनुसार सभापति देउवाले उनलाई ‘शेखरसँग कुरा भइरहेको छ’ भन्ने जवाफ मात्र दिएर टारे । यसबाट थापा झस्किए ।

ad
ad