१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक लाख २५ हजार घुससहित भद्रपुरका नापी सर्वेक्षक र बिचौलिया पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख २५ हजार रुपैयाँ घुस लिएको आरोपमा नापी सर्वेक्षक र एक बिचौलियालाई नियन्त्रणमा लिएको छ।

नापी कार्यालय भद्रपुरका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुस लिइसकेको अवस्थामा सोमबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सेवाग्राहीसँग लिएको ७० हजार नगद र ५५ हजारको चेकसहित उनीहरूलाई भद्रपुर नगरपालिका–७ चन्द्रगढीबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ।