मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
रासस पाटन
Invalid date format १३:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत

Read Time : < 1 मिनेट
रासस, पाटन
नयाँ पत्रिका
Invalid date format १३:१o:oo

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोली बजार अनुगमनमा जाँदा इटिटोल र लगनखेल बजारका अधिकांश  मासु पसल तथा केही फलफूल तथा जुस पसल मापदण्डविपरीत चलेको एवं म्याद नाघेका जुस भेटिएको हो।

‘लगनखेलका मासु तथा फलफूल पसल मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयो। अनुगमन गरेकामध्ये दुईवटा मासु पसल र दुईवटा फलफूल तथा जुस पसललाई रु. १० हजारका दरले जरिवाना गरी सचेत गराएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने।

अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका रियल जुसका प्याकेट भेटिएका थिए। सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने जानकारी गराए।