१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धितोपत्र ब्रोकर एसोसियसनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ इन्टरप्रेनियर्स अवार्डबाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

धितोपत्र ब्रोकर एसोसियसनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ इन्टरप्रेनियर्स अवार्डबाट सम्मानित भएका छन्।

युवा उद्यमशीलतामार्फत कृषि, व्यापार र समाजसेवामा योगदान पुर्‍याएबापत ढकाललाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड’अन्तर्गतको ‘योङ इन्टरप्रेनियर्स अवार्ड’ प्रदान गरिएको हो। सिजन मिडियाको आयोजनामा गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्मानसहित उक्त अवार्ड प्रदान गरेका हुन्।

युवा उद्यमी ढकाल, व्यावसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय छन्। उनको पर्यटन, कृषि, वित्त, सूचना–प्रविधि, हस्पिटालिटी, कानुनी परामर्श सेवा, लगानी सहजीकरण र व्यापार व्यवसायलगायतका थुप्रै क्षेत्रमा संलग्नता रहेको छ।

ढकालले पछिल्लो समय धितोपत्र ब्रोकर व्यवसायलाई मुख्य व्यवसाय बनाएर अघि बढेका छन्। उनकै पहलमा १६ वर्षपछि पहिलोपटक नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाउन सफल भएका थिए। उनी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार फोरमका केन्द्रीय सदस्यसमेत हुन्।

ढकालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् भने त्रिभुवन विश्वविद्यायलयबाटै कानुनशास्त्रमा स्नातक गरेका छन्। कानुन व्यवसायीसमेत रहेका ढकाल पाटन उच्च बारका कार्यसमिति सदस्यसमेत हुन्। हाल उनले त्रिभुवन विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गरिरहेका छन्। 

अवार्ड प्राप्त गरेपश्चात ढकालले आफूलाई अझ बढी जिम्मेवारीबोध भएको र आगामी दिनमा युवा उद्यमशीलताको विकास, नेपालको पुँजीबजारको सुधार र सुदृढीकरणका लागि थप सक्रिय रहन प्रेरणा मिलेको बताए।