Skip This
चालू आर्थिक वर्षभित्र १० वटा जहाज खरिद गर्छौँ : मन्त्री किराँती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Saturday, 27 July, 2024
रासस काठमाडौं
२o८o असोज २८ आइतबार १४:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चालू आर्थिक वर्षभित्र १० वटा जहाज खरिद गर्छौँ : मन्त्री किराँती

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार १४:१३:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालू आर्थिक वर्षमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का लागि १० वटासम्म जहाज खरिद गरिने बताएका छन्।

मन्त्रीनिवास पुल्चोकमा आइतबार नेपाल विद्यार्थी संघ (नेविसंघ)को ज्ञापनपत्र बुझ्दै उनले निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उल्लेख गरे। दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किराँतीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन १० वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको औंँल्याए।

निगमले आन्तरिक उडानका लागि तीनवटा ट्विनअटर जहाज खरिद गर्ने अन्तिम तयारी गरेको छ। ती जहाज निगमको आन्तरिक स्रोतबाटै खरिद गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ। निगमसँग आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर जहाज मात्रै छन्। ती जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएका छन्।

पर्यटनमन्त्री किराँतीले आजैदेखि नेपालगन्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैँभरि सञ्चालन गर्ने जानकारी दिए। उनले चाडवाडका वेला हुने कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल र समन्वय गर्ने पनि बताए।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले चाडबाडका वेलामा हुने भाडादरमा हुने कालोबजारीलाई नियन्त्रण गर्न र सहुलियत भाडादरको व्यवस्था गर्न माग गर्दै पर्यटनमन्त्रीलाई ज्ञापन बुझाएको हो। देशका केही हिमाली जिल्लामा पुग्न हवाई यातायात मात्र विकल्पको रूपमा रहे पनि सरोकारवालाको कमजोरीले आमसर्वसाधारण हप्तौँ दिनसम्म विमानस्थल धाउनुपर्ने परिस्थिति रहेको भन्दै नेविसंघले चाडबाडका वेला सडकको पहुँच नभएका जिल्लामा जनताको आवश्यकतालाई मध्यनजर गर्दै हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउन माग गरेको छ।