१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँमा यातायातको भाडा वृद्धिप्रति नेविसंघद्वारा सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३५:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चाडपर्वमा यातायातको भाडा वृद्धि गरेको विषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ।

आइतबार अध्यक्ष दुजाङ शेर्पासहित नेविसंघको टोलीले पर्यटनमन्त्री सुदन किराँतीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो। ज्ञापनपत्रमा सबै प्रकारको भाडा वृद्धिलाई नियन्त्रण गर्न माग गरिएको छ।

‘चाडबाडको वेला विशेष गरेर सडक मार्गहरू र हवाई मार्गहरू निकै व्यस्त हुने समय भएकाले आमजनताको आवश्यकताको गलत फाइदा उठाउँदै सबै प्रकारका यातायातको भाडामा भएको वृद्धिप्रति नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ।

साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समेत स्वेच्छाचारी ढंगले हवाई टिकटको मूल्य निर्धारण गरिएको भन्दै अनुगमन र भाडादर नियन्त्रण गर्न माग गरिएको छ। नेविसंघले हवाई टिकटको भाडामा एकरूपता कायम गर्न, विद्यार्थीहरूलाई हवाई जहाजको टिकटमा सहुलियत प्रदान गर्न र नियमित हवाई यातायात सञ्चालन गर्न सरकारसँग माग गरेको छ।