Skip This
सिटिजन्स बैंकको अध्यक्षमा पाण्डे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज २८ आइतबार o७:o४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकको अध्यक्षमा पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार o७:o४:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभापछि बसेकको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

साधारणसभाबाट पाण्डेसहित सीता कार्की (केसी), सजन शर्मा र दिग्विजय विष्ट बैंकको सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित अध्यक्षले संस्थागत सुशासन र आधुनिक बैंकिङलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षकको प्रतिवेदन, वासलात, आव ०७९/८० को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू पारित गरेको छ । त्यसैगरी, साधारणसभाले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । सभाका अध्यक्ष राजनसिंह भण्डारीले सेयरधनीबाट प्राप्त सुझावअनुसार बैंकको काम–कारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास रहेको बताए ।

सिटिजन्स बैंकका एक सय ८८ वटा शाखा, एक सय ४८ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइ रहेका छन् । बैंकले १६ लाख ६२ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स, आस्वा, ड्राफ्ट, भिसा डेबिट–क्रेडिट–प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड, शाखारहितलगायत सेवा–सुविधा दिँदै आएको प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।