मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई वर्ष पुराना मुद्दा चालू आर्थिक वर्षमै फर्स्याेट हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:१o:oo

काठमाडौं जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालू आर्थिक वर्षभित्र फर्स्याेट गर्ने भएको छ। 

दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फर्स्याेट गर्ने जनाएको हो। हाल उक्त अदालतमा दुई हजार नौ सय ८७ वटा दुई वर्ष पुराना मुद्दा छन्।

अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं अदालतका जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले दुई वर्ष पुराना सबै मुद्दा असार मसान्तसम्ममा फर्स्याेट गर्ने लक्ष्य रहेको र ती मुद्दामा पेसी स्थगित नहुने गरी सुनुवाइ गरिरहेको बताए।  

उक्त अदालतमा दुई वर्ष पुरानासहित हाल ३१ हजार तीन सय ३६ मुद्दा विचाराधीन छन्।