१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार २१:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाँके र सर्लाहीका एसपी तानिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २१:o७:oo

प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। बाँकेका सन्तोषसिंह राठौर र सर्लाहीका नरेशराज सुवेदीलाई हटाएर बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ। 

ती जिल्लामा हालै हिन्दु–मुस्लिमबीच सद्भाव बिग्रिएको थियो। शान्ति सुरक्षामा चुकेपछि कारबाहीस्वरूप दुई जिल्लाका एसपीलाई हटाइएको प्रहरी स्रोत बताउँछ। 

गृह मन्त्रालयले बिहीबार नै बाँके र सर्लाहीका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेको थियो। बाँकेका विपिन आचार्य तथा सर्लाहीका इन्द्रदेव यादवलाई हटाइएको छ। बाँकेमा श्रवणकुमार तिमल्सिना र सर्लाहीमा कोमलप्रसाद धमलालाई पठाइएको छ। 
रुपन्देही, सिराहा तथा धनुषाका एसपीको पनि कार्यसम्पादन राम्रो नभएकाले सरुवाको तयारी भइरहेको प्रहरी स्रोत बताउँछ।

ad
ad