१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विश्व लगानीकर्ता सप्ताहमा क्रेडिट रेटिङ सचेतना कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४o:oo

विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले क्रेडिट रेटिङ सचेतना विषयमा शंकरदेव क्याम्पस र नेपाल कमर्स क्याम्पसमा एकैसाथ कार्यक्रम गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको अगुवाइमा उक्त कार्यक्रम गरेको हो  ।

कार्यक्रममा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका कार्यकारी प्रमुख रविन पुडासैनी र कम्पनी सचिव प्रतीक लामिछानेले धितोपत्र बोर्ड स्वयं नियामक निकाय रहेको र क्रेडिट रेटिङ संस्थामा नियामक निकायकोे भूमिकाबारे प्रकाश पारेको जनाइएको छ । 

त्यस्तै, नियमावलीको पनि सामान्य चर्चा गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पारिएको उल्लेख छ । कार्यक्रमको मुख्य सत्रमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडमा कार्यरत विशेषज्ञ समूहले उपस्थित विद्यार्थीमाझ क्रेडिट रेटिङको प्रक्रिया, अन्तर्राष्ट्रिय अभ्यास, उपयोगिता, सान्दर्भिकताबारे विशेष छलफल भएको कम्पनीले जनाएको छ ।

ad
ad