मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

क्रेडिट रेटिङसम्बन्धी सचेतना कार्यक्रम आयोजना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२o:oo

विश्व लगानीकर्ता सप्ताहको अवसरमा शंकरदेव क्याम्पस र नेपाल कमर्स क्याम्पसमा क्रेडिट रेटिङसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। नेपाल धितोपत्र बोर्डको अगुवाइ र इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडको सहभागितामा सचेतना कार्यक्रम भएको हो।

बाणिज्य शास्त्रमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सो कार्यक्रम आयोजना गरिएको थियो। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका कार्यकारी प्रमुख रविन पुडासैनी र कम्पनी सचिव प्रतीक लामिछानेले दुई क्याम्पसमा क्रेडिट रेटिङका विषयमा विद्यार्थीहरूलाई जानकारी दिएका हुन्।

धितोपत्र बोर्ड स्वयं नियामक निकाय रहेको र क्रेडिट रेटिङ संस्थामा नियामक निकायको भूमिका, नियमावलीको व्यवस्थाबारे उनीहरूले जानकारी दिएका थिए।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडमा कार्यरत विशेषज्ञ समूहले उपस्थित विद्यार्थीमाझ क्रेडिट रेटिङको प्रक्रिया, अन्तर्राष्ट्रिय अभ्यास, उपयोगिता, सान्दर्भिककताबारे विशेष छलफल गरी विद्यार्थीहरूको जिज्ञासाको उत्तर दिएका थिए।