Skip This
विश्व लगानीकर्ता सप्ताहमा क्रेडिट रेटिङ सचेतना कार्यक्रम आयोजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २३ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २३ मंगलबार १३:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विश्व लगानीकर्ता सप्ताहमा क्रेडिट रेटिङ सचेतना कार्यक्रम आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २३ मंगलबार १३:५५:oo

विश्व लगानीकर्ता सप्ताह २०२३- क्रेडिट रेटिङ सचेतना कार्यक्रम सम्पन्न भएको छ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेपाल धितोपत्र बोर्डको अगुवाइ तथा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडको सहभागितामा शंकरदेव क्याम्पस र नेपाल कमर्श क्याम्पसमा एकैसाथ क्रेडिट रेटिङ सचेतना कार्यक्रम आयोजना भएको हो। 

साे सचेतना कार्यक्रमलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका कार्यकारी प्रमुख रविन पुडासैनी र कम्पनी सचिव प्रतीक लामिछानेले स्वागत मन्तव्य दिएका थिए।

उनीहरूले नियामक निकाय धितोपत्र बोर्ड र क्रेडिट रेटिङ संस्था र यसमा  नियामक निकायको भूमिकाबारे पनि धारणा राखेका थिए। कार्यक्रममा विद्यार्थीमाझ क्रेडिट रेटिङ प्रक्रिया, अन्तर्राष्ट्रिय अभ्यास, उपयोगिता, सान्दर्भिकताबारे अन्तर्क्रिया गरिएको कम्पनीले जनाएको छ।