१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करिब ११ किलो गाँजासहित पोखराबाट एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३o:oo

१० किलो आठ सय ८९ ग्राम गाँजासहित प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका– ३ क्वालसिं बस्ने २२ वर्षका रवीन्द्र थिङ तामाङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

प्रहरी कार्यालय गगनगौँडा कास्की र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा केनाइन शाखाबाट कुकुरसहितको चेकिङ टोलीले पोखरा महानगरपालिका– ३२ मजुवामा सवारीसाधन चेकजाँचको क्रममा तमाङलाई प्रहरीले पक्राउ गरेको हो।

पोखरातर्फ आउँदै गरेको बसमा तामाङले भिरेको झोलामा सो परिमाणको गाँजासँगै एक थान मोबाइल र सात हजार ९० रुपैयाँ प्रहरीले फेला पारेको थियो। पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागुऔषध मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।