१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
प्रतिकात्मक तस्बिर
२o८१ बैशाख २० बिहीबार १७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा १८९ हेक्टर वन क्षेत्र अतिक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२२:oo

ताप्लेजुङमा सामुदायिक वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ। जिल्लाको करिब १८९ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले १८९.६ हेक्टर वन क्षेत्र अतिक्रमण गरेका छन्।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख बद्रीप्रसाद शाहका अनुसार जिल्लामा ९७ हजार ६ सय ११.३६ हेक्टर वन क्षेत्र रहेको छ। त्यसमध्ये १३ हजार १ सय ६८.९२ हेक्टर क्षेत्र प्रस्तावित तीनजुरे–मिल्के–जलजले गुराँस संरक्षण क्षेत्रमा पर्छ। सामुदायिक वनअन्तर्गत ९ हजार ७ सय ३७.८५ हेक्टर क्षेत्र पर्छ।

फुङलिङ नगरपालिकाको वडा नं १० र ११ को पाथीभरा क्षेत्रमा व्यक्ति र संस्थाले कुल २५ हेक्टर वनक्षेत्र अतिक्रमण गरेका वन डिभिजन कार्यालयले जनाएको छ। त्यसैगरी, मिक्वाखोला गाउँपालिका वडा नं ५ को तोक्पेगोला क्षेत्रमा व्यापारिक केन्द्र बनाउन स्थानीयहरूले ३ हेक्टर वन क्षेत्र अतिक्रमण गरेका छन्।

यता, मेरिङदेन गाउँपालिकाको वडा नं २ स्थित गुराँसेपोखरी क्षेत्रमा पोखरी घेराबारा तथा होमस्टे निर्माणका क्रममा ०.५ हेक्टर र माैवाखोला गाउँपालिका वडा नं ४ र ५ को तीनजुरे–मिल्के–जलजले (टिएमजे)क्षेत्रमा भ्युटावरलगायतका संरचना निर्माण र निजी आवास निर्माणका क्रममा ५२ हेक्टर वन क्षेत्र अतिक्रमणमा कार्यालयको तथ्यांक छ।

९ वटै स्थानीय तहमा पसल, व्यवसाय, गोठजस्ता संरचना निर्माणका नाममा १०५.५ हेक्टर र सिदिङ्वा गाउँपालिका वडा नं १ स्थित तिम्बुङपोखरी क्षेत्रमा होमस्टे तथा आवास निर्माणका नाममा २ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको कार्यालयले जनाएको छ।

ad
ad