१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १३:२९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बिन्दबासिनीमा शिक्षक सरुवा रोक्न माग राख्दै विद्यार्थीले गरे प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२९:oo

पर्साको बिन्दबासिनी गाउँपालिका कार्यालयले  पालिकाभित्रका केही सामुदायिक विद्यालयका शिक्षकको आन्तरिक सरुवा गरेपछि विद्यार्थीले प्रदर्शन गरेका छन्।

पालिका कार्यालयले शिक्षकको जानकारीविना नै सरुवा गरेपछि उक्त सरुवा रोक्न माग राख्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्। पालिकाको बहुअर्वामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षकको सरुवा रोक्न माग राख्दै गाउँपालिका कार्यालय घेराउ गरेका थिए।

प्रदर्शनको क्रममा भएको झडपमा प्रहरीको लाठीचार्जबाट केही विद्यार्थी घाइते भएका इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ।

प्रदर्शनरत विद्यार्थीले सडक अवरुद्ध गरेपछि हटाउने क्रममा केही विद्यार्थीलाई हातखुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय पोखरीया प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए। 

केही घन्टादेखि विद्यार्थीले प्रदर्शन गरिरहेकाले उनीहरूलाई हटाएर वार्तामा बसाउने काम भइरहेको उनले बताए।