Skip This
क्यान्सर उन्मूलन बजेटको प्राथमिकतामा : अर्थमन्त्री महत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्यान्सर उन्मूलन बजेटको प्राथमिकतामा : अर्थमन्त्री महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१६:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले पाठेघरको मुखको क्यान्सर उन्मूलन बजेटमा प्राथमिकतामा रहने बताएका छन्। 

शुक्रबार पिपुल्स एक्सेस टु एडिक्वेट नेचुरल इन्फ्रास्ट्रक्चर्स (पानी)ले ललितपुरमा गरेको ‘सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन : सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपिभी खोपलाई प्रवर्द्धन’ विषयक कार्यशालामा  बोल्दै उनले यस्तो बताएका हुन्।

‘ठूलो संख्यामा किशोरी तथा महिला यो क्यान्सरबाट प्रभावित बनेका छन्। व्यापक रूपमा खोपको पहुँच बढाउनुपर्नेछ। रोकथाम गर्नु महत्त्वपूर्ण कुरा हो। स्रोत र साधन कम छ। निजी क्षेत्रको साझेदारीमा काम गर्दा राम्रो हुन्छ,’ अर्थमन्त्री महतको भनाइ थियो, ‘‘सरकारसँग सीमित साधन–स्रोत छ । हाम्रा स्वास्थ्यका आवश्यकता धेरै र साधन–स्रोत न्यून छन् । थोरै स्रोत–साधनलाई सदुपयोग गरेर प्राथमिकताका साथ काम गर्नुपर्दछ । निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्य गर्नुपर्छ।’

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई उन्मूलन गर्ने योजना राखेको छ।