१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Saturday, 10 May, 2025
फाइल तस्बिर
रासस काठमाडौं
२o८o असोज १९ शुक्रबार १३:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसदहरूको प्रश्न– महँगी बढ्यो, गरिबको दसैँ कसरी टर्छ ?

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार १३:५६:oo

सांसदहरूले चाडपर्वको समय नजिकिँदै जाँदा बजारमा बढ्दो महँगी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसदहरूले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्। 

सांसद रघुजी पन्तले बजारमा व्याप्त महँगी नियन्त्रणका लागि सरकारसँग माग गरे। ‘गरिबको दसैं यसपालि कसरी टर्छ ?’ उनले प्रश्न गरे, ‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको दुई सय ५०, बजार भाउ सुन्दा गुम्छ होसहवास।’

सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महँगीको अनुगमन र मूल्यांकनमा तदारुकता देखाउन ध्यानाकर्षण गराइन्। उनले मिटरब्याजपीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराइन्।

सांसद माधव सापकोटाले सांस्कृतिक पर्वहरू नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन माग गरे। उनले बाढीपहिरोले बिग्रेको सडकको मर्मतसम्भार गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए। सापकोटाले सरकारले निर्माण व्यवसायीलाई बाँकी रहेको भुक्तानी तत्काल गर्न बताए।

सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए। उनले धार्मिक र सामुदायिक सदभावलाई कायम गर्न अनुरोध गर्दै पशुपतिनाथ मन्दिरको जलहरि प्रकरणको अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन माग गरे।

सांसद मेनका पोखरेलले महँगी नियन्त्रणका लागि आग्रह गर्दै विभिन्न बहानामा विश्वविद्यालय बन्द गर्न नहुने बताइन्। सांसदहरू मैना कार्की, लेखनाथ दाहाल र रञ्जुकुमारी झाले बजार अनुगमनसँगै सुरक्षित, सहज र सस्तो यात्राको व्यवस्था गर्नसमेत माग गरेका थिए।