१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निजी क्षेत्रले नेवानिसँग सहकार्य गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:o५:oo

 नेपाल वायुसेवा निगम (नेवानि) र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय व्यावसायिक पहलबीच द्विपक्षीय लाभ हासिल गर्ने उद्देश्यसहित सम्झौता भएको छ ।

सम्झौतामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, महासंघका तर्फबाट एनवाइइएफका प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, परिसंघका तर्फबाट युवा उद्यमी मञ्च कोशी प्रदेशका अनमोल प्रधान, च्याम्बरका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल र राष्ट्रिय व्यावसायिक पहलका तर्फबाट अध्यक्ष कुशकुमार जोशीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार निगमले उडान गर्ने गन्तव्यमा चारवटा संस्थामा आबद्ध पदाधिकारी, सदस्यहरू, कर्मचारी र तिनका परिवारले विदेश यात्रा गर्दा निगमको जहाजबाट यात्रा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै, उल्लिखित संस्थाहरूले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निगमको प्रवद्र्धन गर्नुपर्ने र निगमले भाडादरमा १५ प्रतिशत छुट दिने व्यवस्था सम्झौतामा उल्लेख छ ।
 

ad
ad