१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १६ मंगलबार १६:११:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

विज्ञापन व्यवसायी पौडेलको पुस्तक ‘वेलकम आरोह–अवरोह’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार १६:११:oo

विज्ञापन व्यवसायी निर्मलराज पौडेलको आत्मकथा ‘वेलकम आरोह–अवरोह’ सार्वजनिक भएको छ । पुस्तकमा उनका भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजारलगायतका विषय समेटिएको छ।

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकमा नेपालमा विगत लामो समयदेखिको आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको छ । पुस्तकमा लेखकले उसवेलाको काठमाडौं उपत्यकाको भौगोलिक तथा सामाजिक अवस्थाको पनि चित्रण गरेका छन्।

नेपाल विज्ञापन एजेन्सी व्यवसायी संघको अध्यक्षसमेत रहेर काम गरेका पौडेलले पुस्तकमा व्यावसायिक जीवनका आरोह–अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा आफूले भोग्नुपरेका सफलता, असफताका कथालाई उल्लेख गरेका छन्।

पुस्तकमा क्लिन फिडको अवधारणा, बाढीपीडितका लागि गरिएको पहिलो ‘एसएमएस क्याम्पियन’, भूकम्पका वेला विदेशमा रहेका नेपालीबाट एक डलर र स्वदेशमा रहेकाहरूबाट रु. एक सय संकलनको अवधारणा र यसले पुर्‍याएको सहयोगको प्रसंगसमेत समेटेका छन्।