Skip This
सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना सार्वजनिक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गसँग पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको छ।

उक्त कार्यक्रममा हास्य कलाकार एवं सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिति रहेको थियो। यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एकजनाले रु एक लाख, हरेक हप्ता पाँचजनाले जनही रु २५ हजार र लगातार ६१ दिनसम्म हरेक दिन १०० जना विजेताहरूले जनही रु ५०० को ‘वालेट टपअप’ प्राप्त गर्नेछन्। अन्त्यमा एकजना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउनेछन्।

कम्पनीका अनुसार यस अफर असोज १५ देखि मंसिर १५ गतेसम्म लागू हुनेछ। यो अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ।