
स्पेनको एउटा नाइट क्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सातजनाको मृत्यु भएको तथा अन्य चारजना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
दक्षिणपूर्वी सहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चारजनाको शव फेला परेको उद्धारमा संलग्न आपतकालीन सेवाका एकजना उद्धारकर्ताले एएफपीलाई बताए। वारुणयन्त्रका कर्मचारी तथा स्थानीय संघसंस्था आगो निभाउन, खोज तथा उद्धारमा अहिले पनि सक्रिय छन्।
आपतकालीन सेवाका कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा पानीको फोहोराबाट आगो निभाइएको, क्लबबाट धुवाँको मुस्लो निस्किएको देखिन्छ।